जनकपुरधाम, बैशाख ८ । धनुषामा बुवा र छोराबीच आपसी विवाद हुँदा छोराले बुवाको हत्या गरेका छन्।
धनुषाको शहिदनगर नगरपालिका वडा नं ९ मा आइतबार राति १० बजेतिर विवाद हुँदा फलामको रडले बुवाको टाउकोमा हानी हत्या गरेको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिए।
करिब ५५ वर्ष उमेर रहेका सौखिया सादालाई उनका आफ्नै छोरा नथुनी सदाले रडले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।
घटनापश्चात् फरार रहेका छोरालाई राति नै पक्राउ गरिएको उनले बताए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।
Facebook Comments


























