जापान, बैशाख ८ । जापानको पूर्वी तट नजिकै सोमवार ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ।
अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले आफ्नो वेबसाइटमा जापानमा गएको भूकम्प्को केन्द्र प्रशान्त सागरभन्दा तल ४१.७ किलोमिटरको गहिराईमा भएको बताएको छ।
उक्त ठाउँ मियाँगी प्रान्तभन्दा ५० किलोमिटर टाढा रहेको छ। भूकम्पमा परेर जनधनको कुनै क्षति नभएको बताइएको छ। जापानको मौसम विभागका अनुसार त्यसबाट नोक्सान हुने सम्भावना कमै रहेको छ।
जापान मौसम विभाग एजेन्सी (जीएमए) ले भने भूकम्प ६.१ म्याग्निच्युडको रहेको बताएको छ। जापानको क्योदो संवाद समितिका अनुसार भूकम्प सोमवार विहान साँढे ५ बजे गएको थियो।
जापानको प्रशान्त महासागरस्थित रिंग अफ फायर क्षेत्रमा भूकम्पहरु प्रायः गईरहेका हुन्छन्। जापानमा सन् २०११ मा ९.० म्याग्च्यिुडको विनाशकारी भूकम्प गएको थियो।
भूकम्प गएलगत्तै ठूलो सुनामी पनि आएको थियो। त्यसबेला १६ हजारको मृत्यु भएको थियो। एजेन्सी


























