नोभास्कोसा, बैशाख ८ । क्यानडामा बन्धुकारीको अन्धाधुन्ध गोली प्रहारबाट १३ जनाको मृत्यु भएको छ।
स्थानीय समय अनुसार शनिबार राति क्यानडाको नोभास्कोसा प्रान्तमा भएको उक्त गोलीकाण्डका आक्रमणकारी पनि मारिएको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
५१ वर्षका गाब्रिएल वर्टम्यान नाम गरेका व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ। पोर्तापिक्यूका धेरै स्थानमा गोली चलाएपछि आक्रमणकारीको पनि मृत्यु भएको छ।
प्रहरीको जस्तै बर्दी लगाएको बन्दुकधारीले चलाएको गोली लागेर रोयल क्यानडियन प्रहरीकी भेट्रान २३ वर्षीया होइदी स्टेभेन्सनको पनि मृत्यु भएको छ भने अर्का एक जना प्रहरी घाइते भएका छन्।
क्यानडियन प्रहरीकाअनुसार पछिल्लो ३० वर्षमा क्यानडामा भएको यो सबैभन्दा खराब गोलीकाण्ड हो।
Facebook Comments


























