काठमाडौं, बैशाख ५ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक आज दिउँसो बस्दैछ। बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्न लागेको हो।
बैठकमा समितिमा रहेका मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयका विषयमा रिपोर्ट पेश गर्ने भएका छन्। तेस्रो चरणको लकडाउनको समीक्षा र काठमाडौंलगायत विभिन्न सहरबाट घर फर्किर्दै गरेका मजदुरका विषयमा समेत केही निर्णय हुन सक्ने एक मन्त्रीले बताए।
समितिको बैठक आवश्यकताका आधारमा नियमित बस्दै आएको छ।
Facebook Comments


























