काठमाडौं, बैशाख ५ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरसको संक्रमण बढ्न नदिन अझ व्यापक स्तरमा परीक्षण बढाउन सरकारलाई आग्रह गरेको छ।
यस्तै, लकडाउन लम्बिँदै जाँदा सुकुम्बासी, श्रमिक, बेरोजगार र डेरामा बसेका विद्यार्थीलाई भोकमरीबाट बचाउन राहत वितरणलाई पनि व्यापकता दिन कांग्रेसले आग्रह गरेको छ।
आज विज्ञप्ति प्रकाशित गर्दै कांग्रेसले बाटोमा अलपत्र परेका नागरिकलाई सुरक्षित रूपमा गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।
Facebook Comments


























