काठमाडौं, बैशाख, ५ । नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ। अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि नेपाली मुद्रा कमजोर भएको हो।
शुक्रबार एक अमेरिकी डलरको खरिद मूल्य १ सय २२ रुपैयाँ ६८ पैसा। बिक्री मूल्य १ सय २३ रुपैयाँ २८ पैसा तोकेको छ। यो हालसम्म कै उच्च मूल्य कायम भएको हो।
बिहीबार डलरको खरिद मूल्य एक सय २२ रुपैयाँ १ पैसा र बिक्री मूल्य एक सय २२ रुपैयाँ ६१ पैसा कायम भएको थियो।
भारतीय रुपियाँ कमजोर भएसँगै डलर महंगिएको हो। नेपाली रुपैयाँको डलरसँग प्रत्यक्ष विनिमय दर निर्धारण हुँदैन। भारतीय रुपियाँसँगको स्थिर विनिमय दरका कारण भारतीय रुपियाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ।
Facebook Comments


























