बैशाख ४ । कोरोना भाईरसको महामारीको कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल आगामी जुन अन्तिमसम्ममा सक्ने तयारी भएको छ।
प्रिमियर लिग क्लबले कोरोनाले स्थगित लिग जुन ३० सम्म सक्ने तयारी गरेको हो । प्रिमियर लिगका क्लबले शुक्रबार छलफलका लागि बैठक बोलाएको छ। उक्त बैठकमा जुन अन्तिमसम्म सिजन सकाउने बारे छलफल हुने गार्जियनले जनाएको छ।
नयाँ सिजनको सुरुवात गर्न ढिला हुने भएको कारण क्लबहरु जुन अन्तिमसम्म सक्ने तयारी रहेको बताईएको छ। प्रिमियर लिगको नयाँ सिजन अगष्टमा सुरु हुनेछ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ।
यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ। र, यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ। एजेन्सी
Facebook Comments


























