नेपालगञ्ज, बैशाख ४ । भारतका विभिन्न स्थानबाट आएर दशजगामा राखिएका करिब २ सय जनाको र्यापिड टेष्ट गर्दा नेगेटिभ देखिएको छ।
बाँकेको जमुनाहास्थित दशगजा क्षेत्रमा बनाइएको क्वारेन्टाइनमा राखिएका एक सय ८१ जनाको आरडीटी टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हो। क्वारेन्टाइनमा राखिएको १६ औं दिन आज उनीहरुको आरडीटी जाँच गरिएको थियो।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार क्वारेन्टाइनमा रहेका सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो।
रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाउने तयारी थालिएको छ। त्यहाँ २६ जिल्लाका मानिसहरु रहेको र उनीहरुलाई पत्रसहित सम्बन्धित जिल्ला पुठाइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।
दशगजामा करिब ५० वटा टेन्ट बनाएर उनीहरुलाई त्यहाँ राखिएको थियो।
Facebook Comments


























