बेशाख ४ । अमेरिकाको फुटबल लिग मेजर सकर लिग (एमएलएस) आगामी जुन महिनासम्म स्थगित हुने भएको छ।
कोरोना भाईरसको संक्रमणले महामारीको रुप लिएपछि एमएलएस जुन ८ सम्म स्थगित हुने भएको हो।
एमएलएसले औपचारिक रुपमा स्थगित मितिको घोषणा भने गरेको छैन। तर, लिग कमिटिका स्रोतले जुन ८ सम्म स्थगित गर्ने निर्णय भएको जनाएको ईएसपीएनले जनाएको छ।
यस अघि एमएलएस लिग मे १० महिनाबाट सुचारु गर्ने तयारी गरिएको थियो। कोरोनाको कारण एमएलएस लिग मार्च १२ मा स्थगित गरिएको थियो।
चीनबाट फैलिएको कोरोनाले सर्वाधिक धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ। हालसम्म अमेरिकामा २८ हजार बढीले ज्यान गुमाएको छ। एजेन्सी
Facebook Comments


























