अमेरिका, बैशाख ४ । अमेरिकामा कोरोना भाइरसकोे संक्रमणबाट करिब ३१ हजारको मृत्यु भएको छ। जोह्नस् हप्किन्स् विश्व विद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार ९२५ पुगेको हो।
विश्व विद्यालयका अनुसार संसारमै सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६ लाख ४० हजार संक्रमित रहेका छन्।
अमेरिकाको सबैभन्दा प्रभावित राज्य न्यूयोर्कमा भने १४ हजारभन्दा बढीको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या २ लाख १४ हजार नाघेको छ। न्यूयोर्कपछि धेरै मानिसको मृत्यु न्यू जर्सीमा भएको छ। त्यहाँ ३१ सय ५६ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख ८३ हजार नाघेको छ भने कोभिड–१९ बाट संक्रमित भई मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६ सयभन्दा बढी छ। ५ लाख १० हजार भने उपचारपछि निको भई घर फर्किएका छन्। एजेन्सी
Facebook Comments


























