बैशाख ४ । भारतको महिला टिम सन् २०२१ मा हुने एकदिवसीय विश्वकपमा छनोट भएको छ।
पाकिस्तानबिरुद्धको एक दिवसीय च्याम्पियनसिप रद्ध हुने बित्तिकै अर्को बर्ष हुुने आईसीसी महिला विश्वकपमा भारतले स्थान सुरक्षित गरेको हो।
भारतीय महिला टिमले चीरप्रतिद्धन्दी टिम पाकिस्तानबिरुद्ध खेल्न अनुमती पाएको थिएन। भारत र पाकिस्तानबीचको खेल पछिल्लो बर्ष जुलाई र नोभेम्बरमा खेल्नुपर्ने थियो।
तीन म्याचको सिरिज रद्ध हुने बित्तिकै दुवै टिमलाई अंक बाँडिएको थियो।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भनेको छ, ‘भारत र पाकिस्तानबीचको सिरिज विशेष कारणले खेल्न नसकिने जानकारी प्राप्त भएको हो। भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पाकिस्तानबिरुद्ध द्धिपक्षीय सिरिज खेल्न सरकारबाट अनुमती नपाएको जानकारी दिएकोछ। यो सिरिज आईसीसी महिला च्याम्पियनसिपको एक भाग थियो।’
‘भारत र पाकिस्तानबीचको सिरिज प्रतियोगिताको छनोट दौडमा महत्व राख्थ्यो। जसको आयोजना जुलाई र नोभेम्बर २०१९ मा हुनुपर्ने थियो। तर दुवै बोर्डले प्रयास गर्दा समेत सिरिज हुन सकेन। सोही कारण २०१७ मा उपविजेता बनेको भारतले न्युजिल्याण्डमा २०२१ मा हुने विश्वकपमा स्थान सुरक्षित गरिएको छ।’ आईसीसीले भनेको छ।
भारत र पाकिस्तान टिम दुवै देशबीचको कुटनीतिक तनावका कारण मात्र आईसीसी प्रतियोगितामा मात्र खेल्दै आएका छन्। आईसीसी महिला च्याम्पियनसिप सन् २०१७ देखि २०२० सम्म सबै ८ टिमले एक आपसमा तीन तीन म्याचको सिरिज खेल्ने तालिका छ। आयोजक न्युजिल्याण्ड अंक तालिकको शीर्ष स्थानमा छ। शीर्ष चारमा रहने टिम एकदिवसीय विश्वकपमा सिधै छनोट हुनेछन्।
कोरोना भाईरसको महामारीका कारण अन्य खेलहरु रद्ध भएका छन्। छनोटका १० टिम बाँकी तीन स्थानका लागि आपसमा प्रतिस्पर्धा गर्नेछन्।
श्रीलंका, पाकिस्तान र न्युजिल्याण्ड बाहेक यसमा एकदिवसीय मान्यता पाएका बंगलादेश, आयरल्याण्ड तथा क्षेत्रीय छनोट विजेताको रुपमा थाईल्याण्ड, जिम्बाबे, पपुवा न्युगिनी, अमेरिका र नेदरल्याण्डले भाग लिनेछन्। एजेन्सी


























