काठमाडौं, बैशाख ३ । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षममा पूर्वसचिव सुशिल घिमिरे नियुक्त भएका छन्। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।
यसअघिका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि निमगको नेतृत्वदायी पद खाली थियो। संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई र खरेलको ट्युनिङ मिल्न नसकेपछि खरेलले निगमको कार्यकारी अध्यक्षबाट राजीनामा दिएर अस्ट्रेलिया गएका थिए।
मन्त्री भट्टराईले सरकारले दिएको लक्ष्यअनुसार खरेलले काम गर्न नसकेको बताउँदै आएका थिए। पर्यटन मन्त्री योगेश भट्टराईले घिमिरेकै संयोजकत्वमा निगम सुधार कार्यदल बनाएका थिए। १ असोजमा उक्त कार्यदलले प्रतिवेदन मन्त्रीलाई बुझाएको थियो।
पर्यटन सचिव हुँदा घिमिरेले १८ महीना नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।


























