खोटाङ, बैशाख १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ का १५ वर्षीय सुबिन राईको दुधकोशी नदीमा डुबेर मृत्यु भएको छ।
माछा मार्न गएका उनको जाल हान्ने क्रममा जालमै बेरिएर पानीमा डुब्दा मृत्यु भएको हो। आइतबार दिउँसो १२ बजेको समयमा सोक्माटारस्थित दूधकोशी नदीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
Facebook Comments


























