धनुषा, चैत्र ३० । मिथिला नगरपालिका–४ पुष्पलपुर खोलाबाट भरुवा बन्दुक १ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय सरोज कुमार महतो र ४४ वर्षीय राजकुमार लामा रहेका छन्।
बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ज १२ प १११५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा लोड भएको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























