चैत्र ३० । कोरोना भाइरस ‘कोभिड १९’ महामारीको संक्रमण हाल विश्वभर देखिएको छ। आइतबार दिउँसो १ बजेर २५ मिनेट सम्मको तथ्यांक अनुसार कोरोना भाइरसका कारण हालसम्म १७ लाख ८१ हजार ४ सय ६९ जना संक्रमित बनेका छन्।
यस भाइरसका कारण १ लाख ८ हजार ८८३ जनाको मृत्यु भइसकेको छ।
विश्वभर कोरोना संक्रमित र मृतक संख्या बढ्दै जाँदा कोरोना संक्रमित उपचारपछि स्वस्थ बन्ने क्रम पनि जारी छ। हालसम्म ४ लाख ४ हजार ६ सय १९ जना उपचारपछि स्वस्थ बनेका छन्।
कोरोनाले सबैभन्दा बढी प्रभावित अमेरिकामा ३० हजार ५०२ उपचारपछि स्वस्थ बनेका छन्। कोरोनाको उत्पत्तिस्थल चीनमा हालसम्म ७७ हजार ५७५ उपचारपछि स्वस्थ बनेका छन्।
यस्तै स्पेनमा ५९ हजार १०९, जर्मनीमा ५७ हजार ४००, इरानमा ४१ हजार ९४७, इटलीमा ३२ हजार ५३४, फ्रान्समा २६ हजार ३९१ उपचारपछि स्वस्थ बनेका छन्।
Facebook Comments


























