चैत्र ३० । कोरोनाले आक्रान्त बनेको भारतमा एक जना कोरोना संक्रमित बिरामीले अस्पताल भित्र आत्महत्या गरेका छन्। आसामका ३० वर्षीय युवकले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजको शौचालयमा घाँटी काटेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन्।
कोरोना भाइरससँग सम्बन्धित लक्षण दखिएपछि ७ अप्रिलमा अस्पतालमा भर्ना गरिएका उनको शुक्रबार कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो।
शौचालयमा अचेत अवस्थामा भेटिएका उनको उपचारको क्रममा मृत्यु भएको चिकित्सकहरुले बताएका छन्। यसअघि पनि नयाँदिल्लीको एक अस्पतालमा भर्ना गरिएका कोरोना शंकास्पद एक विरामीले अस्पताल भवनबाट हामफालेर आत्महत्या गरेका थिए। एजेन्सी
Facebook Comments


























