चैत्र २९ । बलिउड अभिनेता ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ निकै सफल बन्यो। २०१९ मा रिलिज भएको यस चलचित्रलाई दर्शक तथा समिक्षक दुबैले रुचाए। चलचित्रले भारतबाट मात्रै १ सय ४६ करोड ९४ लाख कमाएको थियो।
अब यस चलचित्र चीनमा रिलिज हुने पक्का भएको छ। कोरोनाको त्रास साम्य भएपछि चलचित्र चीनमा रिलिज हुने बताइएको छ। चीन प्रदर्शनको लागि चलचित्रको सेन्सर भइसकेको निर्माण पक्षले बताएका छन्।
कोरोनाको संक्रमणका कारण बन्द भएका चीनका हलहरुमा अहिले सामान्य चहलपहल सुरु भएको छ। केही हलहरु खुलिसकेका छन् भने केही हलहरु खुल्ने तयारीमा छन्। तर, अहिले नै चलचित्रले हलबाट राम्रो कमाई गर्न सक्ने अवस्था भने छैन।
बलिउड चलचित्रको लागि चीन एकदमै राम्रो व्यापारिक स्थान बनिरहेको छ। बलिउड चलचित्रले चीनबाट राम्रो पैसा उठाइरहेका छन्। यसअघि बलिउड चलचित्र ‘अन्धाधुन’ले चीनबाट राम्रो पैसा कमाएको थियो।


























