काठमाडौँ, चैत्र २९ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई माइल्ड हार्टअट्याक भएको छ।
उनलाई माइल्ड हार्टअट्याक भएपछि शनिबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका लागि भर्ना गरिएको छ। उनको अवस्था खतरा मुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
भट्टराईको स्वास्थ्यमा समस्या देखिएको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहाकार विष्णु रिमालले जानकारी दिएका हुन्।
भट्टराईलाई एक्यूट इनफेरिअर वाल एमआइका कारण अस्पताल लगिएको र उनको दायाँ कोरोनरी अर्टरीमा प्राइमरी एन्जिओप्लाष्टि गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। स्वास्थ्य अवस्था सामान्य रहेको थापाले उल्लेख गरेका छन्।
Facebook Comments


























