चैत्र २९ । लिभरपुलका लिजेण्ड सन केनी डालग्लिसलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। अपस्तालमा भर्ना भएका उनलाई बिना कुनै लक्षण कोरोनाको संक्रमण देखिएको परिवार श्रोतले पुष्टि गरेको छ।
एक संक्रमणको उपचारका लागि डालग्लिसलाई बुधबार अस्पतालमा भर्ना गरिएको थियो। ६९ बर्षका सेल्टिक र स्कटल्याण्डका फरवार्डलाई उपचारको क्रममा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।
‘सोचे भन्दा फरक भयो। परिक्षण पोजेटिभ आएको छ। कुनै लक्षण देखिएको थिएन।’ परिवार श्रोतले भनेको छ।
डालग्लिसले चार पटक स्टल्याण्डमा सेल्टिकबाट लिग जितेका थिए। उनी सन् १९७७ मा प्रिमियर लिग क्लब लिभरपुल आएका थिए। उनले लिभरपुलमा खेलाडी र प्रशिक्षकको रुपमा ८ लिग च्याम्पियनसिप जित्नुका साथै तीन युरोपियन कप उचालेका थिए।
उनले ब्ल्याकवर्न रोभर्सबाट सन् १९९५ मा प्रिमियर लिग समेत जितेका थिए।
‘यो अवसरमा अस्पतालका कर्मचारीलाई धन्यवाद दिन चाहन्छौ। जसको सपर्मण, बहादुरी र बलिदानीमा यस असाधारण समयमा राष्ट्रको ध्यान केन्द्रित हुन आवश्यक छ।’ परिवारले निकालेको बिज्ञप्तीमा भनिएको छ।
‘उनी चाँडै घर जान तत्पर छन् । हामी स्वास्थ्यमा आएको सुधारका आधारमा थप सुचना दिनेछौ।’ बिज्ञप्तीमा भनिएको छ। एजेन्सी


























