काठमाडौं, चैत्र २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्य मन्त्रीहरुसँग भिडिओ कन्फ्रेन्स गर्ने भएका छन्।
मुख्यमन्त्रीहरुसँग समसामयिक विषयमा ११ बजे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए। (कोभिड-१९) को रोकथामका लागि भइरहेको तयारी र आगामी रणनीतिबारे छलफल गर्न मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले भिडिओ कन्फरेन्स गर्न लाग्नुभएको होु, थापाले भने।
गत मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। चैत १४ गते उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडिओ कन्फरेन्सबाट कुराकानी गरेका थिए।
Facebook Comments


























