बारा, चैत्र २८ । बाराको सुवर्ण गाउँपालिका ५ औरैया टोल बस्ने ६० वर्षीय राजेन्द्र मियाँ धोबीमृत अवस्थामा फेला परेका छन्। सोही ठाउँस्थित मकैबारीमा बिहीबार दिउँसो उनी मृत फेला परेका हुन्।
धादिङको थाक्रे गाउँपालिका-२ संग्रामटार बस्ने ६६ वर्षीया ईश्वरी राई पनि मृत फेला परेकी छिन्। उनी आफ्नै घरको कोठामा बिहीबार राति मृत अवस्थामा फेला परेकी हुन्।
कञ्चनपुरको लालझाडी गाउँपालिका-२ कन्ज बस्ने ६५ वर्षीय फगिरा राना सोही ठाउँस्थित दोदा खोलामा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन्।
मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
संखुवासभामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर खाँदबारी नगरपालिका–२ आरुबोटे बस्ने १९ वर्षीय महेश बिकको मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बिहीबार राति बाटोमै मृत्यु भएको हो।


























