चितवन, चैत्र २८ । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न जिल्लाका १७ स्थानीय तहलाई राहत कोषमा आथिक सहयोग प्रदान गरेकोछ।
कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको समयमा आफनो सहयोगी हातहरुलाई अगाडि बढाउदै दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका दैनिक जीवनयापनमा नै कठिन हुने वर्गलाई राहत प्रदान गरेको हो।
तत्काल राहत हुने गरी यस बैंकका स्थानिय तह अन्तर्गत रहेका १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत रु. ३० हजारको दरले स्थानीय तह राहत कोषमा रु. ५ लाख १० हजार सहयोग गरेको छ।
बैंकले विनयी त्रिवेणी (नवलपुर), रामगोपालपुर (महोत्तरी), आमचोक (भोजपुर), गढी (सुनसरी), रोशी (काभ्र), मर्चवारी (रुपन्देही), गोकुलगंगा (रामेछाप), देवघाट (तनहुँ), मकालु (संखुवासभा), गोलन्जोर(सिन्धुली), आदर्श कोटवाल (बारा), यसोधरा (कपिलवस्तु), माधवनारायण (रौतहट), देवताल (बारा), पुथा उत्तरगंगा (पूर्वी रुकुम), बहुदरमाई (पर्सा) र वुढीगंगा (बाजुरा) को स्थानीय तह राहत कोषमा रकम सहयोग गरेको हो।
बैंकले निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास बैंकले लिएको छ।
यसअघि सिद्धार्थ बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा रु. १० लाखको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ।
देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको छ र विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ।


























