चितवन, चैत्र २५ । भरतपुर अस्पताललाई श्री मेडिकल एण्ड टेक्निकल कलेजले २५ थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) सहयोग गरेको छ।
अस्पतालको ५७औँ वार्षिकोत्सवको अवसरमा उक्त सामग्राी सहयोग गरिएको कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले जानकारी दिए। उक्त सामग्री रु १ लाख ९७ हजार ५ सय रुपैयाँमा खरिद गरेर अस्पताललाई सहयोग गरिएको उनले बताए।
कोरोना भाइरसको संभावित जोखिम कम गर्न स्वास्थ्यकर्मीको लागि उक्त सामग्री सहयोग गरिएको उनको भनाइ छ।
Facebook Comments


























