चितवन, चैत्र २५ । भरतपुरमा स्थापना भएको कोरोना प्रयोगशालाबाट मंगलबार थप १२ वटा नमुनाको परीक्षण हुँदैछ।
भरतपुर कोरोना विशेष -अस्थायी_ अस्पतालमार्फत संकलन भएका नमुनाको रिपोर्ट भोलिसम्ममा आउनेछ। भरतपुर कोरोना विशेष अस्थायी अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीका अनुसार कोरोना अस्पतालबाट पाँच वटा, भरतपुर अस्पतालबाट चारवटा, रत्ननगरको गुञ्जमान अस्पतालबाट एउटा र नवलपुरको मध्यविन्दु अस्पतालबाट दुईवटा नमुना संकलन भएको थियो।
कोरोना परीक्षण प्रयोगशालाबाट सोमबार २१ वटा नमुना परीक्षण भएको थियो, ती सबैको रिपोर्टमा कोरोना नभएको पुष्टी भएको थियो। मंगलबार पनि १२ वटा थप भएपछि उक्त प्रयोगशालाबाट ४३ वटा नमुना परीक्षण हुँदैछ।
Facebook Comments


























