चितवन, चैत्र २५ । भरतपुर महानगरपालिका ३ शहीदचोक नारायणगढमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिहीवार ३ घण्टा खुल्ने भएको छ।
कोरोना भाइरस (कोभिड-१९) का त्रासले लकडाउन गरेको समयमा सहकारी संस्थाका सदस्यहरुलाई दैनीक जीवनयापनमा अत्यावश्यक सेवामा सहजकालागि यही चैत्र २७ गते बहीवारका दिन सहकारी बिहान १० बजेदखि दिउँसो १ बजे खुल्ने भएको छ।
सहकारीले एक विज्ञप्ति जारी गर्दै रकमको अत्यावश्यक पर्ने व्यक्तिीले आफूलाई नजिक पर्ने संस्थाबाट रु २० हजार सम्म रकम निकाल्न सकिने जनाएको छ।

Facebook Comments


























