चितवन, चैत्र २५ । चितवनको भरतपुर अस्पतालबाट सेवा लिनेको संख्या बढेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भरतपुर अस्पतालको फेसबुक पेजमार्फत दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मा बहिरंग सेवा (ओपिडी) मार्फत २ लाख ५५० जना बिरामीले सेवा लिएकाछन्। यस्तै, सुत्केरी सेवा ९ हजार ७२८, इमर्जेन्सी सेवा ३० हजार ८३३, बिरामी भर्ना २२ हजार ५१६, अल्ट्रासाउन्ड ३८ हजार ३१६, सामाजिक सेवा इकाइ पाँच हजार ५३, सिटिस्क्यान सेवा १० हजार ६९४, एक्सरे सेवा ३९ हजार ८२, लैंगिक हिंसामा परेका १६४ र अप्रेसन सेवा पाँच हजार ६६७ जनाले सेवा लिएकाछन्।
अघिल्लो आर्थिक वर्षमा ३ लाख भन्दा बढीले अोपिडी सेवा र १४ हजारभन्दा बढीले सुत्केरी सेवा लिएका डा. तिवारीले जानकारी दिए।
Facebook Comments


























