भक्तपुर, चैत्र २४ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनालाई आज घर पठाइने भएको छ। कोरोना प्रभावित देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो।
हिजो (आइतबार) उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाकारी दिए। रिपोर्ट नेगेटिभ आइसकेकोले अब घर पठाउन सकिने इपिडिमियोलोजीका निर्देशक डा. बासुदेव पाण्डेले जनाकारी दिए।
Facebook Comments


























