मेचीनगर, चैत्र २४ । झापाको मेचीनगर नगरपालिका-११ मिलडाँडा बस्ने ५६ वर्षीया तारादेवी कुमालको पानीमा डुबेर मृत्यु भएको छ। आइतबार साँझ छिमेकीको घरमा गएको अवस्थामा सोही नगरपालिका-१० बस्ने मानबहादुर तामाङको घरमा रहेको आँगनमा पानी जमाउन बनाएको रिङमा डुबेर उनको मृत्यु भएको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
यसैगरी, सर्लाहीको हरिपुर नगरपलिका–१ मलहनिया सामुदायिक वन जाने बाटो छेउको खाल्डोमा जमेको पानीमा डुबेर सोही ठाउँ बस्ने भोमबहादुर रिखामका छोरा ७ वर्षीय धनबहादुर रिखामको आइतबार दिउँसो मृत्यु भएको छ।
Facebook Comments


























