चैत्र २३ । जापानमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकमा सहभागी हुने फुटबल खेलाडीको उमेर एक वर्ष बढाउने तयारी गरिएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २४ वर्षसम्मका खेलाडीले टोकियो ओलम्पिक खेल्न पाउने नियम बनाउने तयारी गरेको हो।
कोरोना भाईरसको कारण ओलम्पिक एक वर्ष पछि सरेपछि फिफाले फुटबल टिमका खेलाडीको उमेर बढाउने तयारी गरेको हो। यस अघि ओलम्पिकमा २३ वर्ष मुनिका खेलाडीले मात्र खेल्ने प्रावधान रहेको छ।
फिफाको अनुसार टोकियो ओलम्पिकमा सन् १९९७ जनवरी १ सम्म जन्मिएका खेलाडीले खेल्न पाउने छन्। तर, फिफाले आधिकारिक रुपमा भने निर्णय गरेको छैन। ओलम्पिकमा महिलातर्फ भने राष्ट्रिय टिमले खेल्न पाउने छन्।
यसै वर्ष तय भएको ओलम्पिक कोरोना भाईरसको महामारीको कारण सन् २०२१ को जुलाई २३ बाट सुरु हुनेछ। एजेन्सी
Facebook Comments