काठमाडौं, चैत्र २० । विश्वभरि फैलिएको कोरोना भाइरसले सबैतिर सन्त्रास बढाएको छ। यसको रोकथामको लागि सरकारले कोरोना रोकथाम तथा उपचार कोष खडा गरेको छ। उक्त कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ।
बुधबार बसेको सञ्चालक समितिको निर्णय अनुसार संघीय सरकारले खडा गरेको कोरोना कोषमा ५० करोड रुपैयाँ सहयोग दिएको निगमका कार्याकारी महानिर्देशक सुरेन्द्रकुमार पौडेलले बताए।
उनका अनुसार निगमले बिहिबार नै ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाईसकेको छ।
Facebook Comments


























