वीरगञ्ज, चैत्र २० । कोरोना भाइरस (कोभिड— १९) को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना बन्दीलाई बुधबार साँझ रिहा गरेको छ।
सर्वोच्च अदालतको निर्णयअनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका ती बन्दीलाई रिहा गरिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए। सो भाइरसको जोखिमका कारणले कारागारले कैदीबन्दीलाई भेटघाट गर्न पूर्ण बन्द गरेको उनले बताए। रासस
Facebook Comments