चैत्र १९ । नायिका आलिया भट्टको नजिकको निर्देशक मानिन्छन, करण जोहर। करण जोहरले आलियालाई लिएर केही चलचित्र बनाएका छन्। आलियाको करिअर अगाडि जानुमा करणको ठुलो हात छ।
उनै, करणले आफुले आलियालाई उनको पहिलो चलचित्रमा उनको ट्यालेन्ट अनुसारको काम गराउन नसकेको स्विकार गरेका छन्।
करणले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘मैले आलियालाई स्टूडेन्ट अफ दि इयर २ मा काम त गराएँ। तर, उनको प्रतिभालाई चिन्न सकिनँ । वास्तविक आलिया तपाइले चलचित्र ‘हाइवे’मा हेर्न सक्नुहुनेछ।’
करणले आलियाको साथमा नयाँ चलचित्र ‘तख्त’मा काम गर्दैछन्। यो चलचित्रमा भने आफूले आलियाको प्रतिभा अनुसारको काम गराउने उनको भनाई छ। आफूले आलियाको प्रतिभा चलचित्र ‘हाइवे’मा देखेपछि पछुताएको करणले बताएका छन्।
Facebook Comments