चितवन, चैत १८ । माडिमा बदेलले आक्रमण गर्दा ४ जना घाइते भएका छन्। आज बिहान अम्बाबासमा प्रवेश गरेको बदेलले आक्रमण गर्दा स्थानिय ४ जना घाइते भएका हुन्।
बँदेलको आक्रमणमा परेका पूर्ण बहादुर बि.क. र मीनमाया मगरलाई उपचारका लागि बसन्तपुरको बघौंडा अस्पताल ल्याइँदै गर्दा तेश्रो र चौथो व्यक्ति आक्रमणमा परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताए।
Facebook Comments


























