चितवन, चैत्र १८ । भरतपुर महानगरपालिका ४ लंकूमा रहेको सरस फुड इन्डस्ट्रीमा आज बिहान आगलागी भएको छ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। बिहान करिब सवा ५ बजे सुरु भएको आगलागीबाट डेढ करोड बराबरको क्षती भएको संचालकले बताएका छन्। आगलागीबाट उद्योग पूर्ण रुपमा नस्ट भएको छ।
भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एउटा दमकलद्वारा आगो निभाएका थिए। उद्योग पुर्ण रुपमा जलेर नस्ट हुंदा त्यहाँ कार्यरत १८ जना मजदुरको रोजिरोटी समेत खोसिएको छ।
Facebook Comments