काठमाडौं, चैत्र १८ । नेपालले सन् १९९६ देखी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको थियो। त्यसको १८ वर्ष पछि नेपालले सन् २०१४ मा पहिलो पटक टी-ट्वान्टी विश्वकप खेलेको थियो।
यस्तै सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सहभागिता जनाउने मौका पायो।
नेपालले हालसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलिसकेको छ। दुवै फर्म्याटमा नेपालले केही विश्व कीर्तिमान बनाउन समेत सफल छ।
नेपालले हालसम्म खेलेको १० एकदिवसीय अन्तराष्ट्रिय खेल मध्ये ५ खेलमा जित र ५ खेलमा हार व्यहोरेको छ।
यस्तौ नेपालले १६ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित र १७ मा हार ब्यहोरेको छ भने एक खेल भने नतिजा विहिन टुङ्गिएको छ।
नेपालले दुई फर्म्याटमा हात पारेको फराकिलो जित यस प्रकार छन्:
१) १ सय ४५ रन
सन् २०१९ मा भएको युएई भ्रमणमा युएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा १ सय ४५ रनको जित निकालेको थियो। यो जित नै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हात पारेको फराकिलो जित हो।
खेलमा नेपालले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको युएई ९७ रन बनाउँदा अलआउट भएको थियो। खेलमा सोमपाल कामी एक्लैले ५ विकेट लिएपछि नेपालले सहज जित निकालेको थियो। युएईका ७ खेलाडीले दोहोरो अंक छुन सकेका थिएनन्।
२) १ सय ४१ रन
गत वर्ष नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध नेपालले १ सय ४१ रनको फराकिलो जित निकालेको थियो। यो जितनै नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा हात परेको फराकिलो जित हो।
खेलमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछायएको भुटानले मात्र ९६ रन बनाउन सक्यो। सो खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए।
३) ९ विकेट
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले २ पटक ९ विकेटको जित निकालेको छ। सन् २०१९ मा सिंगापुरविरुद्ध ९ विकेट को जित हात पारेको थियो। तत्कालिन कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालको जित सहज बनेको थियो।
यस्तै थाइल्याण्डविरुद्ध समेत नेपालले ९ विकेटको जित निकालेको छ। यसै वर्ष थाइल्याण्डमा भएको एसीसी एस्टर्न रिजन क्रिकेटमा नेपालले आयोजकलाई ९ विकेटको सानदार जित हात पारेको थियो। नेपाल खेलमा ८७ बल बाँकी रहंदा ६७ रनको लक्ष्य पुरा गरेको थियो।
४) ८ विकेट
सन् २०२० मा भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपालले ८ विकेटले जित हात परेको थियो। ३७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो। खेलमा नेपालले २ सय ६८ बल बाँकी रहँदा जित निकालेको थियो। यस्तै यो जित नेपालले सर्वाधिक बल बाँकी रहँदा हात पारेको जित समेत हो।
५) ८४ रन
गत वर्ष नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्सविरुद्ध नेपालले ८४ रनको जित निकालेको थियो। यो जित नेपालले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा हात परेको दोस्रो फराकिलो जित हो।
यस्तै नेपालले सन् २०१४ को टी-ट्वान्टी विश्वकपमा हङकङलाई ८० रनले पराजित गरेको छ। विश्वकपको पहिलो खेलमा १ सय ५० रनको लक्ष्य पछाएको हङकङ मात्र ६९ रनमा समेटिएको थियो।
सन् २००३ को एसीसी इमर्जिङ नेसन टुर्नामेण्टमा नेपालले भुटानलाई पराजित ३ सय ५३ रनले पराजित गरेको थियो। सो नतिजा हालसम्म नेपालले कुनै पनि क्रिकेटमा निकालेको फराकिलो जित हो।