सिन्धुली, चैत्र १७ । काठमाडौंबाट बिरामी लिएर धनुषातर्फ जाँदै गएको एम्बुलेन्स सिन्धुलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। ज १ च ७७७ नम्बरको एम्बुलेन्स कमलामाई नगरपालिका ७ माझिटारमा दुर्घटना भएको हो।
दुर्घटनामा एम्बुलेन्सका बिरामी सहित छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घाइते हुनेमा सबैला नगरपालिका ४ पटेर्वा धनुषाका २१ वर्षीय अनिल यादव, सोही ठाउँकी २० वर्षीया सन्जु यादव, ३० वर्षीय मदन यादव र २८ वर्षीय श्रीराम यादव रहेका छन्।
दुर्घटनामा सिरहाको मिर्चया नगरपालिका ३ राँगे बस्ने २५ वर्षीया सुशीला यादव र सोही ठाउँका ३५ वर्षीय संजिवकुमार यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख ९एसपी० रन्जु सिग्देलले जानकारी दिइन्।
घाइतेको टाउको, हात, खुट्टामा गम्भीर चोट लागेको छ। घाइते सबैको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।
उक्त एम्बुलेन्समा अनिल यादवलाई काठमाडौं स्थित वयोधा अस्पतालमा उपचारपछि डिस्चार्ज गरी घर ल्याइँदै गरिएको सिग्देलको बताएका छन्। एम्बुलेन्स दुर्घटनामा अनिल पुनस् घाइते भएका छन्। तीव्र गतिमा रहेका कारण एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स सडकबाट करिब ३५ फिट तल खसेको बताइएको छ। दुर्घटनापछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


























