काठमाडौं, चैत्र १७ । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न चीनबाट ल्याइएका सामग्री सोमबारबाट सातै प्रदेशमा वितरण सुरु गरेको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्रप्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ। सोही हेलिकप्टेरले सुदूरपश्चिम प्रदेशको धनगढी पनि सामान लैजादै छ।
श्रेष्ठका अनुसार कर्णाली र सुदूरपश्चिमसँगै हेलिकप्टरबाट नै प्रदेश १ का लागि विराटनगर पनि सामान गइसकेको छ। अन्य प्रदेश भने सोमबार नै स्थलमार्गबाट सामान लिएर गाडी हिँडिसकेका छन्।
सरकारले सातै प्रदेशमा ल्याब सञ्चालन गरेर त्यहीबाट कोरोना संक्रमण परिक्षण गर्ने तयारी गरेको छ। प्रदेशस्तरमा रहेका अस्पतालहरूका ल्याव स्तरवृद्धि गरी सञ्चालन सम्भाव्यताको लागि ल्याब विज्ञहरूको टोली पनि पठाइसकिएको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले जानकारी दिए। प्रदेशका ल्याबको स्तरवृद्धिसँगै चीनबाट ल्याइएका पोर्टेवल पिसिआर मेसिन पनि व्याकअपको लागि पठाइने उनले जानकारी दिए।
प्रदेश पठाइएका सामग्रीहरू
पिपिइ – १/१ हजार थान
सर्जिकल मास्क – १०/१० हजार थान
ग्लोब्स – २/२ हजार थान
एन ९५ माक्स – १/१ हजार थान
थप सामग्री गाडीबाट लैजाँदै


























