महोत्तरी, चैत्र १७ । महोत्तरी जिल्लाको मनराशिश्वा नगरपालिका–४ जाउख बस्ने जुरी सहनीको छोरी १४ वर्षीया पुजा कुमारी सहनीको आगलागीमा जलेर आइतबार साँझ मृत्यु भएको छ।
आफ्नै घरमा खाना बनाउने क्रममा ग्याँस लिक भई एक्कासी आगो शरीरमा सल्किन गई गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
Facebook Comments