चैत्र १७ । छिमेकी मुलक भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।
भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने २९ जना पुगेको पुष्टि गरेको छ। भारतमा कोरोना संक्रमितको संख्या एक हजार ७१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार कोरोनाका कारण अहिलेसम्म इटलीमा सबैभन्दा बढी १० हजार सात सय ७९ जनाको मृत्यु भइसकेको छ। यस्तै स्पेनमा ६ हजार आठ सय तीन, चीनमा तीन हजार तीन सय आठ, इरानमा दुई हजार ६ सय ४० र फ्रान्समा दुई हजार ६ सय ११ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट अमेरिकामा दुई हजार चार सय ९३, बेलायतमा एक हजार दुई सय ३१, नेदरल्यान्डमा सात सय ७२, जर्मनीमा पाँच सय ४१ र बेल्जियममा चार सय ३१ जनाले ज्यान गुमाइसकेका छन्। बीबीसी
Facebook Comments