पोखरा, चैत्र १६ । राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ का उम्मेदवार नेपाली कांग्रेसका नेता सूर्यप्रसाद रेग्मीको निधन भएको छ।
गत माघ महिनामा भएको चुनावमा उनी कांग्रेसको तर्फबाट गण्डकी प्रदेशको उम्मेदवार बनेका थिए। नेकपा उम्मेदवार नारायणकाजी श्रेष्ठसँग उनी पराजित भएका हुन्।
लामो समयदेखि उच्च रक्तचापका बिरामी उनको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ। नागरिकता अनुसार उनी ७१ वर्षका भए। रेग्मी स्याङजा बम काण्डका हस्ताक्षरकर्ता थिए। उनको निधनप्रति कांग्रेस नेता कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
रेग्मीको सोमबार शवयात्रासहित रामदीमा अन्त्येष्टी गरिने जानकारी दिइएको छ।
Facebook Comments


























