पर्वत, चैत्र १६ । कुश्मा नगरपालिका ८ परादीस्थित मोदी नदीमा करेन्ट लगाई माछा मारेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ३१ वर्षीय दिनेश थापा मगर, ३७ वर्षिय राजु थापा मगर, २९ वर्षीय विष्णु थापा मगर, २१ वर्षीय समिर क्षेत्री, ३६ वर्षीय दुर्गा पौडेल र ३८ वर्षीय मिसन पौडेल रहेका छन्।
उनीहरुलाई माछा मार्नका लागि प्रयोग गरिएका साधनहरु सहित जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
Facebook Comments