चैत्र १६ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले न्युयोर्कभरि अनि न्यु जर्सी र कनेक्टिकटका केही भागमा क्षेत्रीय क्वारेन्टाइन लगाउनु जरूरी नभएको बताएका छन्।
पहिला उनले ती क्षेत्रमा क्वारेन्टाइन लगाउने प्रस्ताव राख्दा न्युयोर्कका गभर्नर एन्ड्रु कुओमोले आक्रोश प्रकट गरेका थिए।
त्यसपछि ट्रम्पले क्वारेन्टाइन आवश्यक नभएको भन्दै सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनलाई उक्त क्षेत्रमा नजानू भनी कठोर चेतावनी दिन भनेको बताए। त्यसपछि सीडीसीले यात्रा नगर्न चेतावनी दिएको छ।
कोरोनाभाइरसका कारण अमेरिकामा २२ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। न्युयोर्क सबभन्दा बढी प्रभावित छ।
Facebook Comments


























