न्युयोर्क, चैत्र १५ । संयुक्त राज्य अमेरिकामा एकैदिन ४०२ जना नोभेल कोरोना संक्रमितको मृत्यु भएको छ। अमेरिका पछिल्लो समय कोरोना इपिसेन्टर बनेको छ।
हालसम्म अमेरिकामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ। यसअघिको २४ घण्टाको अवधिमा २५३ कोरोना संक्रमितको मृत्यु भएको थियो। अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण फैलिइसकेको छ।
अमेरिकाको पनि न्युयोर्क बढी प्रभावित भएको छ। अमेरिकाको न्यूयोर्क सिटीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २६ हजार ६ सय ९७ पुगेको छ। न्यूयोर्क सिटीभित्रमात्र ५ हजार २५० जना अस्पतालमा भर्ना गरिएका छन् भने १ हजार १ सय ७५ जनालाई आईसीयूमा राखेर उपचार थालिएको छ । (सीएनएन
Facebook Comments


























