काठमाडौं, चैत्र १५ । चीनबाट कोरोना भाइरस परीक्षण गर्ने कीट तथा पीपीई लगायत औषधीजन्य सामग्री लिन शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी ९ एयरवस ३३०० विमान जाने भएको छ।
औषधीजन्य सामाग्री लिन शनिबार दिउसो साँढे १२ बजे वाइडबडीले चीनको ग्वाङझाओ उडान गर्ने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
निगमका अपरेशन विभागका प्रमुख दिपु जुहार्चनका अनुसार दिउँसो उडान भरेको निगमको वाइडबडी विमानले चीनको समय अनुसार रातको ६ बजेर ५५ मिनेट मा अवतरण गर्नेछ। त्यस्तै ८ बजेर ५५ मिनेटमा उडान गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रातको साढे १० बजे अवतरण हुनेछ।
उनका अुनसार करिव ४ घण्टाको उक्त उडानमा विमान चालक दलका सदस्यहरू १० जना रहनेछन्।
उक्त उडानमा २ जना क्यापटेन, २ जना को(पाइलट, एकजना फ्लाइट डिस्प्याचर, एक जना इन्जिनियर, एक जना प्राविधिक, एक जना लोड मास्टर र २ जना क्याबिन कु्र (एयरहोस्टेस) रहनेछन्।
यात्रु बोक्ने वाइडबडीलाई कार्गोको रूपमा चीन पठाउन लागिएको हो।