काठमाडौं, चैत्र १५ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले आर्थिक प्याकेज घोषणा गर्न सरकारलाई प्रस्ताव गरेको छ।
कोरोनाभाइरस (कोभिड १९) को महामारीका कारण विश्वका आक्रान्त छ भने नेपाल पनि पीडित बनेको छ। हालसम्म चारजना संक्रमित भएका छन् भने पाँच दिनदेखि मुलुक लकडाउनको अवस्थामा छ।
यसले गर्दा आर्थिक प्याकेज ल्याउनु पर्ने कांग्रेसको प्रस्ताव छ। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ज्यालादारी श्रमिक र बेरोजगारलाई राहतको घोषणा र कार्यान्वयन गर्नदेखि ब्याज मिनाहा र किस्ता तिर्ने म्याद सार्नसम्म प्रस्ताव गरेका हुन्।
फेसबुकमा उनले लेखेका छन्, ‘आर्थिक प्याकेज बारे सरकारलाई हामीले हिजो गरेको आग्रह संक्षिप्तमा दोर्होयाउँदछु।
१) ज्यालादारी श्रमिक र बेरोजगारलाई राहत घोषणा र कार्यान्वयन।
२) साना ब्यवसायिको बीस लाख सम्मको ऋणमा ३ महिना ब्याज मिनाहा गरौं र त्यसपछिको ब्याज घटाऔं।
३) ठुला उधोग र ठुला ब्यवसायका हकमा ब्याजदर घटाएर हालको किस्ता तिर्ने म्याद ३ महिनापछि सारौं।