काठमाडौं, चैत्र १४ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) सालकबाट मानिसमा सरेको आशंका गरिएको छ।
वैज्ञानिकहरुले गरेको अनुसन्धानमा तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो।
वैज्ञानिकहरुले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्ने बताएका छन्।
सालक सबैभन्दा धेरै अवैधरुपमा तस्करी हुने स्तनपायी जनावर हो। यसको प्रयोग खाना र परम्परागत उपचारको लागि पनि गरिन्छ। जर्नल नेचरमा प्रकाशित शोधको अनुसार यी जनावरलाई चलाउँदा निकै सतर्कता अपनाउनु पर्छ। भविष्यमा पनि यस्ता भाइरस मानिसमा सार्न उनीहरुको भूमिकबारे थाहा पाउन निरन्तर निगरानी राख्नु पर्ने शोधकर्ताहरुले बताएका छन्।
यो अनुसन्धानको नेतृत्व गरेका हङकङ यूनिभर्सिटीका डा। टोमी लामले महामारीसँग सम्बन्धित कोरोना भाइरसको दुई समूह मलेसियाबाट तस्करी गरेर ल्याइएका सालकमा पहिचान गरिएको बताए। तर, अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलाउन सालकले खेलेको भूमिका भने स्पष्ट हुन सकेको छैन। लामका अनुसार आगामी दिनमा पनि जनावरबाट मानिसमा सर्न सक्ने कुनै पनि संक्रामक रोगबाट बच्न यस्ता जंगली जनावरको बिक्रीमा रोक लगाउनुपर्ने उनको भनाइ छ।
अहिले पनि यो भाइरस कसरी जंगली जनावर सम्भवतः चमेराबाट अन्य जनावर र त्यसपछि मानिसमा सर्यो भन्ने कुरा रहस्यमै छ। यो भाइरससँग चमेरा र सालक दुवै संलग्न रहेको पत्ता लागेको छ। तर, अझै पनि यसको वास्तविक अनुक्रम के हो भन्ने खुल्न सकेको छैन।
मलेसियाबाट आएका सालकमा यो भाइरस पत्ता लाग्नुले यिनीहरुले भाइरसलाई कहाँ राखेका थिए भने प्रश्न उठेको लाम बताउँछन्। यो भाइरस चीन वा दक्षिण पूर्वी एसियाबाट आएकोमा अझै अन्योलता देखिएको छ।
अवैध जंगली जनावरको व्यापारमा रोक लगाउन माग
संरक्षणविद्हरु यो खोज जोखिममा रहेको स्तनपायी जनावरलाई दुःख दिने दिशामा अघि बढे त्यो विनाशकारी हुने बताउँछन्। अहिले पनि चीनमा उपचारको लागि जनावरहरुको उच्च माग छ। जबकी सालकको मासु निकै नरम मासुको रुपमा चिनिन्छ। कार्डिफ यूनिभर्सिटीकी सालक संरक्षण अधिकारी एलिसा पान्जाङ अहिले सबै अन्तर्राष्ट्रिय समुदायले आफ्नो सरकारलाई अवैध जंगली जनावरको व्यापारमा रोक लगाउन जोड दिनुपर्ने बताउँछिन्।
चीनले यो भाइरस निस्किएसँगै जंगली जनवरको मासुमा प्रतिबन्ध लगाइएको छ। भियतनामले पनि चीनकोजस्तै योजना अघि सारिसकेको छ। अक्सफोर्ड यूनिभर्सिटीका डा. डान चालेन्डरले सालकमा कोरोना भाइरस रहेको पाइएको बताए। उनले अहिले फैलिएको कोरोना भाइरसको स्रोत प्रत्ता लगाउनुले यो भाइरसलाई बुझ्न र भविष्यमा देखिन सक्ने यस किसिमको महामारीमा रोक्न पनि निकै महत्वपूर्ण हुने बताए। बीबीसीको सहयोगमा