काठमाडौं, चैत १४ । विशाल ग्रुपअन्तर्गतको भीजी फाउण्डेशनले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण जोखिम कम एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। भाइरसले विश्वमै भयावह रुप लिइरहँदा भाइरसको संकट विरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानी अपनाउनको लागि सहयोग गर्ने घोषणा गरेको हो।
भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरु माउपलब्ध गराउन अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ। कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले वीर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्क वितरण गरेको थियो। साथै, कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकारले चालेका कदमको पनि ग्रुपले पूर्ण समर्थन जनाएको छ।


























