चितवन, चैत १३ । भरतपुर महानगरपालिका वडा नं. ४ ले आफ्नो वडाभित्र आर्थिक अवस्था कमजोर हुनेको विवरण संकलन गर्न सबै टोल विकास संस्थाका अध्यक्षहरूलाई निर्देशन दिएका छन्।
वडा अध्यक्ष हरि आचार्यले कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनबाट दैनिक ज्याला मजदुरी गरेर पेट पाल्दै आएकालाई काममा जान नपाउँदा समस्या हुने हुँदा त्यस्ता व्यक्तिको विवरण सम्बन्धित टोल विकास संस्थाले संकलन गरेर वडामा बुझाउन निर्देशन दिएका हुन्।
‘ज्याला मजदुरी गरेर खाने व्यक्तिलाई लकडाउनका कारण खानबाट बञ्चित नहोस् भनेर विवरण संकलन गर्न भनेको छु,’ उनले भने, ‘यस वडाभित्र बसोबास गर्नेलाई हामीले गर्न सक्नेसम्मको सुविधा दिनुपर्छ भन्ने मान्यताका साथ मजदुरी गर्ने र सुकुम्बासीको विवरण संकलन गर्न लगाइएको हो।’
Facebook Comments