चितवन, चैत्र १३ । लायन्स क्लब अफ इन्टरनेसनलले भरतपुरस्थित कोरोना विषेश (अस्थायी) अस्पताललाई पिपिई सामाग्री सहयोग गरेको छ।
कोरोनाको आशंका लागेका बिरामीको उपचारमा उक्त सामाग्रीले ठूलो राहत मिलेको अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार उक्त क्लबले बिहीबार ५० थान पिपिई र ५० लिटर सफा गर्ने सोलुसन सहयोग गरेको हो।
बिहीबार प्राप्त सहयोगसँगै कोरोना विशेष अस्पतालमा ६०० थान पिपिई रहेको उनले बताए। ‘नेपाली सेनाबाहेक अरूसँग यो परिमाणमा पिपिई छैन,’ उनले भने, ‘हाम्रो अस्पतालको लागि यो ठूलो उपलब्धी हो।
Facebook Comments


























