रसुवा, चैत्र १३ । सरकारले चीनतर्फका दुई नाकाबाट सामान आयात निर्यात गर्नेगरी नाका खोल्ने निर्णय गरेपनि रसुवागढीबाट तत्काल सामान नभित्रने भएको छ।
रसुवाका भन्सार प्रमुख पुष्यविक्रम खड्काले गृह र अर्थ मन्त्रालयले दिएको निर्देशन अनुसार सुरक्षित रुपमा सामान आयात निर्यात गर्न केही समय लाग्ने बताए।
चीनले केरुङदेखि रसुवागढीसम्म आउने कन्टेनर,चालक र सामग्रीको पूर्ण परीक्षण गराएर नेपाल पठाउने व्यवस्था गरी सकेको र नाकामा आवश्यक पर्ने स्वास्थ्य समग्री समेत पठाउने तयारीमा रहेको उनले जानकारी दिए।
चीनबाट सहयोग स्वरुप प्राप्त स्वास्थ्य सामग्री र विभिन्न संघसंस्थाले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि प्रयोग गरिने सामग्रीहरु ल्याइंदैछ।
Facebook Comments